जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुईका दरले घटाइएको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टितेल समान रु ९७ कायम भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेल प्रतिलिटर रु ९९ रहेको थियो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाल यथावत राखिएको छ ।

7160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका