जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • इ-सेवा खेलाडीलाई प्रोत्साहन गर्ने नीतिमा

इ-सेवा खेलाडीलाई प्रोत्साहन गर्ने नीतिमा

भुक्तानी सेवा प्रदायक कम्पनी इ-सेवाले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई आफ्नो ब्रान्ड इन्डोर्सरका रुपमा आवद्ध गरेको छ। कम्पनीले खेल क्षेत्र तथा खेलाडीलाई प्रोत्साहन गर्न भन्दै प्रिन्सलाई ब्रान्ड इन्डोर्सरका रुपमा आवद्ध गरेको हो।

सन् २०१९ मा जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्न सफल भएका प्रिन्सले राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि आफूलाई अब्बल खेलाडीका रुपमा स्थापित गरिसकेका छन्।

उनी ओलम्पिकमा ब्याडमिन्टन खेल्ने पहिलो नेपाली खेलाडी हुन्।

इ-सेवाले यसअघि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई ब्रान्ड इन्डोर्सरका रुपमा आवद्ध गरेको थियो।

इ-सेवाका प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले प्रिन्ससँग सहकार्य गर्न पाएकामा खुशी व्यक्त गर्दै आउने पेरिस ओलम्पिकका लागि उनलाई शुभकामना दिए।

3450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?