जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • हिमालयन बैंकद्वारा सिद्धि स्मृति प्रतिष्ठानलाई सहयोग

हिमालयन बैंकद्वारा सिद्धि स्मृति प्रतिष्ठानलाई सहयोग

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर उपमहानगर पालिका, भिमसेनस्थान–७ स्थित “सिद्धि स्मृति प्रतिष्ठान — सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ । बैंकले सहयोग स्वरुप उक्त अस्पताल तथा बृद्धाश्रमलाई बाह्र हजार थान बहिरङ्ग दर्ता किताब  प्रदान गरेको छ । 

वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै एक प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पतालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ । बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक विपिन हाडाले उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई एक समारोहका बीच हस्तान्तरण गरे ।

4180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका