जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आईएमई लाईफ इन्स्योरेन्स लगायत छ बीमा कम्पनी समाजिक सुरक्षा कोषमा आवद्ध नभए बैदेशिक रोजगार बीमा लेख खारेज हुनेः बिमित अब होसियार

आईएमई लाईफ इन्स्योरेन्स लगायत छ बीमा कम्पनी समाजिक सुरक्षा कोषमा आवद्ध नभए बैदेशिक रोजगार बीमा लेख खारेज हुनेः बिमित अब होसियार

नेपालका ६ वटा बीमा कम्पनीहरुलाई तत्कालै सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पत्राचार गरेको भेटिएको छ । आईएमई लाईफ इन्स्योरन्स कम्पनी लगायत ६ कम्पनी सामाजिक सुरक्षा कोषमा दर्ता नभए बैदेशिक रोजगार बीमा खारेजी गर्ने चेतावनी समेत कोषले दिएको छ । भन्दा अब फरक पर्दैन । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगार बीमालेख बिक्री गर्ने ६ वटा जीवन बीमा कम्पनीलाई १५ दिन भित्र सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निर्देशन दिएको भेटिएको छ । यो राम्रो पक्ष मान्नै पर्दछ । कोषले वैदेशिक रोजगार बीमालेख बिक्री गर्ने कम्पनीहरु मध्ये एशियन लाइफ, आइएमई लाइफ, नेपाल लाइफ, नेशनल लाइफ, प्रभु लाइफ र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीलाई कोषमा आवद्ध नभएको भए आवद्ध हुन र आवद्ध भएको भए कर्मचारीहरुको योगदान रकम पेश गर्न पत्राचार सहित निर्देशन दिएको भेटिएको छ । हेक्का होस् ।

वैदेशिक रोजगार विभागको २०७९ चैत ९ गते बसेको बैठकले वैदेशिक रोजगार चक्रमा संलग्न हुने संघ संस्थालाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुनै पर्ने निर्णय गरेको थियो ।

कोषले वैदेशिक रोजगार विभागको गत चैत १५ गतेको सूचनालाई आधार मानेर यस्तो निर्देशन दिएको हो । वैदेशिक रोजगार विभागको २०७९ चैत ९ गते बसेको बैठकले वैदेशिक रोजगार चक्रमा संलग्न हुने संघ संस्थालाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुनै पर्ने निर्णय गरेको थियो । यसै निर्णय अनुरुप विभागले चैत १५ गते एउटा सूचना मार्फत ‘सामाजिक सुरक्षा कोषमा विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरु आवद्ध भैरहेको सन्दर्भमा वैदेशिक रोजगार चक्रमा संलग्न हुने इजाजतपत्रवाला संस्थाहरु, स्वास्थ्य परीक्षण संस्थाहरु, अभिमुखीकरण तालिम प्रदाय संस्थाहरु, बीमा कम्पनीहरु, सामाजिक सुरक्षा कोष एवं वैदेशिक रोजगार कोषको रकम परिचालन गरिएको बैंकहरुमा कार्यरत कर्मचारीहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्धताको प्रकृयाँ शुरु गर्न’ निर्देशन दिएको हो भन्दा फरक पर्दैन ।

सामाजिक सुरक्षा कोषमा कर्मचारीको तर्फबाट आधारभूत तलबको ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत सहित जम्मा ३१ प्रतिशत रकम योगदान कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ। सञ्चय कोषमा जम्मा गर्ने रोजगारदाताले स्वास्थ्य बीमा, दुर्घटना बीमाको व्यवस्था आफैंले गर्नुपर्ने प्रावधान छ भने सामाजिक सुरक्षा कोषमा कोषले नै यसको प्रबन्ध मिलाएको छ ।

यसका साथै नेपाल सरकारले २०७५ कार्तिक २६ गते राजपत्रमा सूचना प्रकाशित गरि श्रम ऐन लागु हुने सम्पुर्ण संस्थाहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सूचित गरेको छ । कोषले माथिका दुबै सूचनालाई आधार मानेर हालसम्म पनि योगदान रकम जम्मा नभएको कारणले सामाजिक सुरक्षा कोषमा १५ दिन भित्र योगदान प्रारम्भ गर्नु भन्दै सूचना जारी गरेको छ । यदि कम्पनीहरुले १५ दिन भित्र कोषमा आवद्ध नभएमा कानुनी कारबाहीको प्रकृयाँ अगाडी बढाउने कोषले यी ६ कम्पनीलाई चेतावनी समेत दिएको भेटिएको छ । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् । नयाँ आर्थिक वर्ष शुरु हुनु एक साता मात्र बाँकी छँदै कोषले आबद्धताका लागी चेतावनीयुक्त पत्र पठाएको हो । भन्दा अब फरक पर्दैन । यस भन्दा अगाडी कोषमा आवद्ध भएका तथा निरन्तरता नदिएका कम्पनीहरुलाई अहिलेसम्मको रकम सहित विगो पेश गर्न निर्देशन दिएको थियो । भन्दा फरक पर्दैन । यस्तो निर्देशन पछि साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी अदालत गएको थियो । अदालतले कोषलाई तत्काल उक्त रकम असुल उपर नगर्नु भन्दै अन्तरिम आदेश दिएको थियो । त्यस पछि कोषले कम्पनीहरुलाई खासै दवाव दिएको थिएन । तर अहिले वैेदेशिक रोजगारको चैत १५ गतेको सूचनालाई आधार मानेर पुन कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो भन्दा फरक पर्दैन ।

कर्मचारी सञ्चय कोषमा रोजगारदाताले कर्मचारीको आधारभूत तलबको १० प्रतिशत रकममा रोजगारदाताको तर्फबाट थप १० प्रतिशत रकम सहित कूल २० प्रतिशत जम्मा गर्दै आएका छन् । सामाजिक सुरक्षा कोषमा कर्मचारीको तर्फबाट आधारभूत तलबको ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत सहित जम्मा ३१ प्रतिशत रकम योगदान कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ। सञ्चय कोषमा जम्मा गर्ने रोजगारदाताले स्वास्थ्य बीमा, दुर्घटना बीमाको व्यवस्था आफैंले गर्नुपर्ने प्रावधान छ भने सामाजिक सुरक्षा कोषमा कोषले नै यसको प्रबन्ध मिलाएको छ । भन्दा फरक पर्दैन । हेक्का होस् । सामाजिक सुरक्षा कोषको स्थापना देखि नै निजामती कर्मचारी र निजी क्षेत्रका कर्मचारीबीच सरकारले ठूलो विभेद गरेको भन्दै बीमा कम्पनीसँगै बैंक वित्तीय संस्थाको कर्मचारी यूनियनले विरोध जनाउँदै आएका थिए । सचेत भया ।

1040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका