जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सिभिल बैंकको १०.२५% ब्याज पाइने ३ अर्बको डिबेञ्चर मंसिर २४ गतेदेखि

सिभिल बैंकको १०.२५% ब्याज पाइने ३ अर्बको डिबेञ्चर मंसिर २४ गतेदेखि

 सिभिल बैंकले ३ अर्ब रुपैयाँको डिबेञ्चर निष्कासन गर्ने भएको छ । बैंकले १०.२५ प्रतिशत ब्याजदर भएको डिबेञ्चर मंसिर २४ गतेदेखि निष्कासन गर्ने भएको हो ।

बैंकले १००० रुपैयाँ अंकित मूल्य भएको ३० लाख कित्ता डिबेञ्चरमध्ये १२ लाख कित्ता डिबेञ्चरले हुन आउने १ अर्ब २० करोड ऋणपुँजी रकममध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता डिबेञ्चर सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित सर्वसाधारणका लागि र १८ लाख कित्ता डिबेञ्चरले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपुँजी व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

डिबेञ्चर निष्कासन मंसिर २४ गते भइ निष्कासन बन्द मंसिर २८ गते हुनेछ । साथै, उक्त अवधिमा सबै डिबेञ्चर बिक्री नभएमा पुस ९ गतेसम्म आवेदन दिन पाइनेछ ।

4515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका