जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कामना सेवा विकास बैंक र फोर्स मोटर्सबीच सम्झौता

कामना सेवा विकास बैंक र फोर्स मोटर्सबीच सम्झौता

फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. र कामना सेवा बैंकबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच सम्झौता पत्रमा आयाम इन्टरकन्टिनेन्टलका प्रबन्धक निर्देशक निरन केसी र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका हुन् ।

फोर्स मोटर्सका गाडी खरिद गर्दा ग्राहकलाई बैकले देशभरका शाखाबाट सहज रुपमा फाइनान्स सुविधा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । फोर्स मोटर्सका सबै प्रकारका गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउनेछ ।

फोर्स मोटर्ससंग सहकार्य गर्न पाउँदा खुसी लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए । हिमालय अर्गनाइजेसन पोखराको प्रतिष्ठित व्यावसायिक घराना भएकाले अन्य व्यावसायिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने प्रबन्धक ढुंङ्गेलले बताए ।

यस सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध हुने आयाम इन्टरकन्टिनेन्टल प्रा।लि।का प्रबन्धक निर्देशक निरन केसीले बताए ।

2265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?