जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट तथा श्रृगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित  मेराकी होलिस्टिक वेलनेस रिट्रेड का सेवाहरुमा अधिकतम १५ प्रतिशत, जावलाखेल, ललितपुरमा अवस्थित वर्गर स्न्याकका सेवाहरुमा अधिकतम १० प्रतिशत, बुटवल उपमहानगरपालिका, अमरपथमा अवस्थित समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडेमीका सेवाहरुमा अधिकतम २० प्रतिशत र भाटभटेनी टंगाल, काठमाडौंमा अवस्थित छोटु युनिसेक्स सलोन प्रालिका सेवाहरुमा २० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

4080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका