जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थतन्त्र सुधारोन्मुख- झण्डै आधा खर्बले बढ्यो विदेशी मुद्राको सञ्चिति

अर्थतन्त्र सुधारोन्मुख- झण्डै आधा खर्बले बढ्यो विदेशी मुद्राको सञ्चिति

अर्थतन्त्रका केही सूचकले नेपालको आर्थिक अवस्था सुधारोन्मुख देखाएको छ । साउनयता झण्डै आधा खर्बले विदेशी मुद्रा सञ्चितिमा सुधार आएको प्रतिवेदन राष्ट्र बैंकले सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले बिहीबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक अवस्थाले अर्थतन्त्र सुधारतर्फ लम्कन थालेको पाइएको छ । असोज मसान्तसम्म १२ खर्ब ४६ अर्ब २२ करोड रूपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति ५ अर्बले बढेर १२ खर्ब ४६ अर्ब २७ करोड रूपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अब नेपालसँग भएको विदेशी मुद्रा सञ्चितिले ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिएको छ । सरकारले विदेशी मुद्रा सञ्चितिमा परेको चाप कम गर्न केही वस्तुको आयातमा प्रतिन्ध लगाएको थियो । सोहीकारण विदेशी मुद्राको सञ्चितिमा सुधार हुँदै गएको देखिन्छ । यद्यपि अहिले भने ती प्रतिबन्धित वस्तुको आयात फुकुवा भइसकेको छ । यसको असर आगामी एक/दुई महिनापछि विदेशी मुद्राको सञ्चितिमा पर्ने विज्ञहरूले बताउँदै आएका छन् ।

साउनमा विदेशी मुद्रा सञ्चिति ११ खर्ब ९७ खर्ब ८५ करोड रूपैयाँ थियो । भदौमा आइपुग्दा यस्तो सञ्चिति केही घटेर ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ कायम भएको थियो । त्यस पछिको महिनामा भने विदेशी मुद्राको सञ्चिति बढ्न थालेको देखिन्छ ।

यता शोधानान्तर स्थितीमा भने असोज पछि सुधार आउन थालेको छ । कात्तिकसम्म आइपुग्दा शोधानान्तर स्थिती २० अर्ब ३ करोड रुपैयाँले बचतमा पुगेको छ । भुक्तानी सन्तुलन पनि भनेर चिनिने शोधानान्तर स्थिती बचतमा पुग्नुले नेपालले अन्य देशभन्दा २० अर्ब ३ करोड बढीले मौद्रिक कारोबार गरेको छ भन्ने बुझिन्छ ।

नेपालको अर्थतन्त्रमा राम्रो सपोर्ट गर्ने रेमिट्यान्स (विप्रेषण ) आउनेक्रम पनि बढेको तथ्यांकले देखाएको छ । ४ महिनामा पौने चार खर्ब रेमिट्यान्स देशमा भित्रिएको छ । रेमिट्यान्स आप्रवाह गत वर्षको यसै अवधिको तुलनामा २०.४ प्रतिशतले वृद्धि भएर ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । बाह्य क्षेत्रसँग सम्बन्धित अर्थतन्त्रका यी तीन सुचकमा सुधार आएसँगै अर्थतन्त्रको सकस केही कम भएको देखिन्छ ।

निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति र संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा वाहृय क्षेत्र कारोबारबाट तरलताको प्रवाह र घाटा भएमा प्रशोचन हुन्छ । नेपाल राष्ट्र बैंकले चालू खाता एवम समग्र शोधनान्तर स्थिति सम्बन्धी विवरण मासिक रूपमा प्रकाशन गर्ने गरेको छ ।

यहाँ चालू आर्थिक वर्षको सुरुदेखिनै अर्थतन्त्रका मूख्य सूचक के कस्ता थिए भनेर देखाइएको छ ।

साउन
रेमिट्यान्स : ९२ अर्ब २१ करोड

विदेशी विनिमय सञ्चिति : ११ खर्ब ९७ अर्ब ८५

शोधानान्तर स्थिति : २२ अर्ब ६३ करोड रूपैयाँले घाटामा

चालू खाता : १६ अर्ब २६ करोड रूपैयाँले घाटामा

महँगी : ८.२६ प्रतिशत

भदौ
रेमिट्यान्स १ खर्ब ८७ अर्ब ४ करोड

विदेशी विनिमय सञ्चिति : ११ खर्ब ८९ अर्ब १६ करोड

शोधानान्तर स्थिति : .२३ अर्ब ६८ करोडले घाटा

चालू खाता : ३७ अर्ब १८ करोडले घाटा

महँगी ८.६४ प्रतिशत

असोज
रेमिट्यान्स : २ खर्ब ८१ अर्ब ५ करोड

विदेशी विनिमय सञ्चिति : १२ खर्ब ४६ अर्ब २२ करोड

शोधानान्तर स्थिति : १२ अर्ब ४३ करोड बचत

चालू खाता : ३४ अर्ब २८ करोड घाटा

मूल्यवृद्धि : ८.५० प्रतिशत

कात्तिक
रेमिट्यान्स : ३ खर्ब ७८ अर्ब ४ करोड

विदेशी विनिमय सञ्चिति : १२ खर्ब ४६ अर्ब २७ करोड

शोधानान्तर स्थिति : २० अर्ब ३ करोड बचत

चालू खाता : ३५ अर्ब ४० करोड घाटा

मूल्यवृद्धि : ८.०८ प्रतिशत

2020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका