जोडिनुहोस
आइतवार, फाल्गुन २५, २०८१
आइतवार, फाल्गुन २५, २०८१
  • होमपेज
  • सामाजिक सुरक्षा कोषको संचालक समितिमा चन्द्रप्रसाद ढकाल र गोकुल भण्डारी नियुक्त

सामाजिक सुरक्षा कोषको संचालक समितिमा चन्द्रप्रसाद ढकाल र गोकुल भण्डारी नियुक्त

सामाजिक सुरक्षा कोषको संचालक समिति सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल उद्योग परिसंघका कार्यसमिति सदस्य गोकुल भण्डारी नियुक्त भएका छन्।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४को दफा १९ (१) (ज) बमोजिम रोजगारदाताहरु मध्येबाट ढकाल र भण्डारी नियुक्त भएका हुन्।

श्रम मन्त्रीस्तरीय निर्णय अनुसार दुबैजना नियुक्त भएका हुन्। ढकाल आइएमई समूहका अध्यक्ष हुन् भने भण्डारी नेपाल ग्यासका कार्यकारी निर्देशक हुन्।

तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा कार्यक्रमको उद्घाटन गर्दै देशमा ‘नयाँ युग शुरू भएको’ घोषणा गरेका थिए। औपचारिक व्यावसायिक प्रतिष्ठान र संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीहरूका लागि सामाजिक सुरक्षा कार्यक्रममा सहभागिताका लागि कानूनले नै अनिवार्य गरेको छ।

4990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका