जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल बैंक लिमिटेड फेरी पनि रेटिङ्गमा

नेपाल बैंक लिमिटेड फेरी पनि रेटिङ्गमा

विश्वमै ख्यातिप्राप्त मुडिज्को लगानी सेवा उपलब्ध गराउने कम्पनी इक्रा नेपाल लिमिटेडद्वारा मुडिज्को स्टैण्डर्ड बमोजिम देशकै पहिलो बैंक — नेपाल बैक लिमिटेड लाई ”ए” स्तरको रेटिङ्ग कायम गरिएको छ । रेटिङ्ग एजेन्सीद्वारा यस स्तरको रेटिङ्ग प्राप्त गर्ने बैंक तथा बित्तिय संस्थाको आफ्नो बित्तिय तथा आर्थिक दायित्व लाई समयमै भुक्तानीगर्न सक्ने पर्याप्त क्षमता हुने जनाएको छ ।

बैंकको CASAको हिस्सा ६३% रहेको जुन नेपालको बैकिङ्ग क्षेत्रको औषत भन्दा उच्च रहेको, पर्याप्त पुँजीकोष अनुपात रहेको, कर्जा तथा निक्षेपको concentration जोखिम कम रहेको र समग्र कर्जा जोखिम न्यून रहेको भन्ने जस्ता आधारहरु प्रमाणित हुनेहुँदा बैंक प्रतिको बिश्वसनियता बढ्नुका साथै बैंकको ब्यबसाय बृद्घि तथा बिस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्ष गर्न सकिन्छ ।

बैंकद्वारा कोभिड–१९ को प्रभाव द्वारा श्रृजित प्रतिकुल परिस्थितिमा समेत कर्जा तथा अन्य सम्पत्तिको गुणस्तर कायमराख्न सफल रहेको, बित्तिय दबाव (Financial Stress) लाई ब्यबस्थापन गर्न कर्जा जोखिम (Credit Risk), ब्यबसायिक तथा बित्तीय जोखिमहरुको बिष्लेषण, ब्यबस्थापकीय क्षमता, संचालन प्रभावकारिता बढाउन सफल रहेको बैंकले दावी गरेको छ ।

बैंकको प्रभावकारी संचालनमा प्रभाव पार्ने आन्तरिक तथा बाहय बाताबरणीय तत्वहरुको बिष्लेषण, बजार हिस्सा, ब्राण्ड तथा ईमेज, स्वस्थ मुनाफाको आधार, नितिगत तथा कानूनी प्रभावहरुको मुल्याङ्कन, पूजी संरक्षण तथा सरकार बाट प्राप्त सहयोग, सुशासन कायम गर्नको लागी गरिएका प्रयासहरु, निति तथा स्थापना गरेका पूर्बाधारहरु, जोखिम बहन गर्नसक्ने क्षमता, पर्याप्त तरलता तथा पूजीकोष, आम्दानीका श्रोतहरु त्था तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एबं समग्र ईण्डष्ट्रीको जोखिम आदी जस्ता तथ्यहरुको आधारमा नेपाल बैंक लिमिटेड  रेटिङ्गमा पर्न सफल भएको हो ।

त्यसैगरी हाल बैंकद्वारा जारी गरिएको साढे तिन अर्ब बराबरको १० बर्ष समयाबधि तथा ८.५% ब्याजदर भएको ऋणपत्रको समेत ईक्रा द्वारा ”A” रेटिङ्ग अर्थात ICRA NP L A रेटिङ्ग गरेको छ । यस प्रकारको रेटिङ्गले जारी गरिएको ऋणपत्रको तिर्नुपर्ने साँवा तथा ब्याजहरु समयमै भुक्तानी गर्नसक्ने बैंकको क्षमतालाई प्रमाणित गरेको बैंकले जनाएको छ ।

 

7075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका