जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • निफ्राका प्रमुख कार्यकारीको वार्षिक तलब एक करोड २१ लाख

निफ्राका प्रमुख कार्यकारीको वार्षिक तलब एक करोड २१ लाख

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक एक करोड २१ लाख रुपैयाँ पारिश्रमिक तथा भत्ता भुक्तानी गरेको छ।

बैंकले पोहोर यो रकम भुक्तानी गरेको हो। अहिले बैंकको प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा छन्। यद्यपि उनी गत वर्षको पुसमा नियुक्त भएका हुन्। त्यसैले यो सबै तलब सुविधा उनले पाएका होइनन्। अनिल ज्ञवाली त्यसअघि प्रमुख कार्यकारी अधिकृत थिए।

बैंकले तत्कालिन नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई ८२ लाख ३१ हजार रुपैयाँ भुक्तानी गरेको छ। पाण्डेले केही दिनअघि मात्र निफ्रा छाडिसकेका छन्। बैंकले नायब महाप्रबन्धकहरुलाई कुल एक करोड १४ लाख १६ हजार रुपैयाँ भुक्तानी गरेको छ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार, प्रबन्धकहरुलाई ६५ लाख ८३ हजार र सहायक प्रबन्धकलाई ७७ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेको छ।

बैंकले गत मंसिर २९ गते वार्षिक साधारणसभा गरिसकेको छ। बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश भुक्तानी गरिसकेको छ।

9545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका