जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • हिमालयन बैंक फेरि चौथो कार्यकालको लागि राणा बने सीइओ

हिमालयन बैंक फेरि चौथो कार्यकालको लागि राणा बने सीइओ

सुन्दा पनि अचम्म लाग्ने हेर्दा तीन छक्क पर्ने काम हिमालयन बैंकको सञ्चालक समितिले गरेको छ भन्दा फरक पर्दैन ।

नेपाल राष्ट्र बैंकले २ कार्यकाल भन्दा बढि सीइओ हुन नपाउने निर्देशन विपरित हिमालयन बैंकको बैंक सञ्चालक समितिले चौथो कार्यकालका लागि बैंकका सदाबहार सीइओ अशोक राणालाई पुनः ४ वर्षका लागि पुनः सीइओ नियुक्त गरेको खुलेको छ ।

भनिन्छ पहिलो राष्ट्र बैंकको गर्भनर, हिमालयन सम्शेर राणाको बैंकमा कसले के पो गर्न सक्दछ र ? यो प्रश्न अब अर्थमन्त्री डा.युवराज खतिवडातिर पुगेको छ ।
कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासक तुलसी गौतम अध्यक्ष रहेको बैंक हिमालयन बैंक बोर्डले किन यस्तो बेला छोपी चौथो कार्यकालका लागि अशोक राणालाई सीइओ नियुक्त ग¥यो भनी सोधीएको प्रश्नमा अध्यक्ष गौतमले भनेः– हामीले पहिला खाएकोलाई एक र अबकोलाई १ कार्यकाल गर्ने र राणाजीलाई सीइओ बनाएका छौं । यसमा विवाद छैन उनीले थपे ।

बैंकको नियमावलीमा पहिलाको कार्यकालको किटान नभएकोले राणालाई सीइओ बनाउन बाटो खुलेको बताए ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले आफ्नो बैंकको नियमावली साधारण सभाले पास नगरेका कारण राणाले चौथो कार्यकाल सीइओ हुन पाएको देखिन्छ । यस बारेमा राष्ट्र बैंकका कामु गर्भनर चिन्तामणी सिवाकोटीसंग प्रतिक्रिया माग्दा उनीले भनेः– २÷३ वर्ष अगाडी नै हामीले निर्देशन दिएका थियौ । कार्यकाल दुई भन्दा बढि सीइओ हुन पाइदैन । हिमालयन बैंकको बारेमा हामीले अध्ययन गरेर निर्णय गर्ने छौं नि ।

बैंकका पुर्व अध्यक्ष मनोज बहादुर श्रेष्ठ विदा भएसंगै सीइओ राणा पनि विदा हुने चर्चा चले पनि राणाको ४ वर्ष अवधी थप भएको देखिन्छ । बैंक बोर्डले बेलायतको कमन बेल्थ डेभलपमेन्ट करर्पोरेशन (सीसीडी)लाई भित्र्याउनकै लागि राणालाई सीइओ बनाएको एक सञ्चालकले आर्थिक बजारन्यूज डटकमसंग बताए ।

12635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?