जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एक दशक पुरा गर्दै डिशहोमको प्लसमुभि च्यानल

एक दशक पुरा गर्दै डिशहोमको प्लसमुभि च्यानल

टेलिभिजनमा नेपाली चलचित्रहरुमार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्यसहित डिशहोमले सुरु गरेको ‘प्लस मुभि’ च्यानलले एक दशक पुरा गरेको छ ।

डिशहोममा ‘मुभि अन डिमाण्ड’ नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखि ‘प्लस मुभि’ च्यानलको नामबाट सञ्चालन भइरहेको छ । दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरुमाझ अत्यन्त लोकप्रिय छ ।

नयाँ,पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको ‘प्लस मूभि’ च्यानल डिशहोममा गुणस्तरमा हेर्न सकिन्छ । यस च्यानलमार्फत दुरदराजका दर्शकहरुले समेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन् ।

‘प्लस मूभि’ सँगै डिशहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभि, गुञ्जन, सिनेहिट्स, कमेडी प्लस्, डी मुभिज, जुनियर, राईम्स्, डि म्यूजिक, नेपाः मधेश प्लसजस्ता आफ्नै च्यानलहरु पनि प्रसारण गरिरहेको छ ।

3825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका