जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • कृषि विकास बैंकद्धारा डिजिटलप्रोडक्ट तथा अन्य सेवाहरुमा आर्कषक छुट प्रदान

कृषि विकास बैंकद्धारा  डिजिटलप्रोडक्ट तथा अन्य सेवाहरुमा  आर्कषक छुट प्रदान

कृषि विकास बैंक लिमिटेडले  आफ्नो ५५ औं बार्षिकोत्सवको सु–अवसरमा आफ्ना सेवा ग्राहीहरुलाई डिजिटलप्रोडक्ट तथा अन्य सेवाहरुमा आकर्षक छुट प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले मिति २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म बैंकमा खाता भएका तर हाल सम्म मोवाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, भिसा डेविटकार्ड, डिम्याट,सि–आश्वा, मेरो शेयर र लकर सेवा नलिएका साथै २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म नयाँ खाता खोली उल्लेखीत सेवा लिने ग्राहकहरुलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने र चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरुलाई लकर सेवामा ७५ प्रतिशत सम्म छुट दिने व्यवस्था गरेको छ ।

सो अवधिमा बैंकले उपलव्ध गराएको अवसरको सदुपयोग गर्न सम्पूर्ण ग्राहक महानुभावहरुमा बैंकले अनुरोध समेत गरेको छ ।

6005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका