जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बढ्यो एनएमबि बैंकको खुद नाफा

अर्थ राजनीति

बढ्यो एनएमबि बैंकको खुद नाफा

बढ्यो एनएमबि बैंकको खुद नाफा

एनएमबि बैंक लिमिटेडको खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ७३ करोड २९ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको देखिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ करोड ११ लाख रुपैयाँ अर्थात १६९.६२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २७ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी बढेसँगै इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५१ करोड ९१ लाख ५ हजार रुपैयाँ रहेको छ।

बैंकको समीक्षा अवधिमा खुद ब्याज आम्दानी १३ करोड ३५ लाख रुपैयाँ बढेर १ अर्ब ३५ करोड ७१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ६४ करोड ८३ लाख रुपैयाँ बढेर १ अर्ब ५ करोड ४० लाख रुपैयाँ पुगेको छ। बैंकको १४ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ३५ करोड ७७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ सञ्चित छ।

4495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?