जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • दोस्रो त्रैमासमा गरिमा विकास बैंकको नाफा २५ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी रू. २४.९७

दोस्रो त्रैमासमा गरिमा विकास बैंकको नाफा २५ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी रू. २४.९७

गरिमा विकास बैंकले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३९ करोड ३५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४९ करोड २३ लाख पुगेको हो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३९ प्रतिशत र सञ्चालन नाफा २५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको अगाामी साधारण सभाबाट पारीत भएपछि मात्र शेयरधनीले पाउनेछन् । 

चुक्ता पूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख रहेको कम्पनीले जगेडामा रू.१ अर्ब १२ करोड ७६ लाख, रिटेन्ड अर्निङमा रू. १ अर्ब ३२ लाख र शेयर प्रिमियममा रू. ६७ लाख ६५ हजार सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्मम कम्पनीले रू. ६५ अर्ब ७५ करोड ३६ लाख  निक्षेप संकलन गरेर रू. ५८ अर्ब ७१ करोड ७३ लाख कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ३५ करोड ६१ लाख ८८ हजार रहेको छ । त्यसैगरी प्रतिशेयर आम्दानी रू. २४ दशमलव ९७, मूल्य आम्दानी अनुपात २४ दशमलव १३ गुणा,तरलता अनुपात २१ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५४ दशमलव १४ रहेको छ । 

2565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका