जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • रिलायन्स लाइफमा नव नियुक्त सिइओ राकेश पोखरेलले सम्हाले कार्यभार

रिलायन्स लाइफमा नव नियुक्त सिइओ राकेश पोखरेलले सम्हाले कार्यभार

रिलायन्स लाइफका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले काम गर्न सुरु गरेका छन् । कम्पनीले उनलाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरे सँगै उनले आजदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।

बीमा समितिले माघ पहिलो साता उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि अनुमति दिएको थियो । पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यस्तै सन् २००९ मा भारतीय बोर्ड (ICAI) बाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेका पोखरेलले तीन वटा जीवन बीमा कम्पनीमा काम गरिसकेका छन् ।

प्राइम लाइफमा इन्टर्नल अडिटरको रुपमा प्रवेश गरेका पोखरेलले साढे चार वर्ष काम गरेका थिए । प्राइम लाइफ छाडेर उनले सूर्या लाइफमा सहायक महाप्रवन्धक ‘एजिएम’ पदमा काम सुरु गरे । पछि बढुवा भएर उपमहाप्रवन्धक भए । लगभग पौने तीन वर्ष काम गरेर सूर्या लाइफ छाडेका थिए । सूर्या लाइफ पछि उनले आइएमई लाइफको सुरुवाती ६ महिनामा प्रमुखको भुमिकामा महाप्रवन्धक पदमा काम गरेका थिए । उनि विगत तीन/चार वर्षदेखि बीमा क्षेत्र भन्दा बाहिर थिए ।

4470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका