जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यूनियन लाइफले ल्यायो जीवन आवरण बीमा योजना

यूनियन लाइफले ल्यायो जीवन आवरण बीमा योजना

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो ।

कम्पनीले ल्याएको जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरुको लागि विविध सुविधाहरु उपलब्ध रहेका छन् ।

बीमा गर्ने ब्यक्ति बीमा अवधि सम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ ।

यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकम, अतिरिक्त दुर्घटना लाभ वापत एक करोड सम्म र बोनस रकम उपलब्ध हुनेछ ।

उक्त योजना लिन चाहनेहरुले न्युनतम एक लाख रुपैया देखि आयश्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेको छ । साथै न्युनतम ७ बर्षदेखि अधिकतम २५ बर्ष सम्मको अवधि कायम गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । यस बीमा योजना अन्तर्गत स्थायी अंगभंग सुविधासमेत उपलब्ध हुनेछ ।

उक्त बीमा योजना लिएका बीमितहरुले बीमालेख अन्तर्गत ऋण तथा समपर्ण सुविधा प्राप्त गर्न सक्ने ब्यवस्था रहेको छ ।

कम्पनीले प्रचलनमा ल्याएको उक्त बीमा योजनामा भएका प्रावधानहरुबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बताए ।

1450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका