


गोकर्णेश्वर नगरपालिकाको सहकार्य तथा जोरपाटी फुटबल क्लबको आयोजनामा वडास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । नगरपालिकाभित्र खेलकूदको विकास गर्ने उद्देश्यका साथ शनिबारदेखि शुुरु भएको उक्त प्रतियोगिताको नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरेका छन् ।
कार्यक्रममा नेता सिंहले खेलाडीले सिकेका सीपलाई प्रयोग गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो नाम चिनाउन यस्ता खेलकूद प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले मुलुकको खेल क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाको नाम पु¥याउनका लागि नीति र कार्यक्रममा खेल क्षेत्रलाई समावेश गरेर अगाडि बढ्न सुझाव दिए ।
काङ्ग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले राष्ट्रको सम्मान बढाउने महत्वपूर्ण पक्ष भनेको खेल जगत् भएकाले यसको विकासका लागि सरकार लाग्नुपर्ने बताए ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले फुटबलको विकासका लागि नगरपालिकाले रु एक करोड २० लाख लागतमा दुई फुटबल मैदान निर्माण गर्न लागेको जानकारी दिए ।
जोरपाटी फुटबल क्लबका अध्यक्ष दीपक लामाले नगरपालिकासँग सहकार्य गरेर फुटबलको विकासका लागि आफुहरुले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। एक हप्तासम्म चल्ने उक्त प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाभित्रका १४ वडाका १४ टिमको सहभागिता रहनेछ ।
मेयर कप अन्तर्गत आज भएको खेलमा गोकर्णेश्वर वडा नं ८ ले वडा नं ९ लाई टाईब्रेकरमा हराएको छ । २५–२५ मिनेटको खेलमा गोकर्णेश्वर ८ र ९ बीच दुई दुई गोल भएपछि खेल टाईब्रेकरमा पुगेर अत्यन्तै रोमाञ्चक परिस्थीतीमा पुगेको थियो । गोर्णेश्वर ८ बाट खेलमा सुनिल तामाङ र बिबेक शम्शेरले गोल गरेका थिए भने गोकर्णेश्वर ९ बाट प्रतिक के सीले नै दुई गोल गरे । खेल पेनाल्टिमा पुगेपछि गोकर्णेश्वर ८ ले ३ गोल र गोकर्णेश्वर ९ ले दुईगोल मात्र गर्न पुग्यो र अन्त्यमा खेलको बिजेता गोकर्णेश्वर ८ हुन् पुग्यो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार
