

समृद्धि फाइनान्स र कुमारी बैंक लिमिटेडबिच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा फाइनान्सकातर्फबाट प्रमुख व्यवस्थापक विनोद राज पौडेल र कुमारी बैंककातर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका हुन ।
यो सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक र अन्तराष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पुर्ण शाखाहरुबाट सजिलै लिन सकिने छ । नेपाल राष्ट्र बैंकबाट“ग” बर्गको इजाजत पत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँचवटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ ।