जोडिनुहोस
बुधबार, मंसिर १९, २०८१
बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैक र दुषित थानी हिमालयन रिसोर्टबीच सम्झौता

कामना सेवा विकास बैक र दुषित थानी हिमालयन रिसोर्टबीच सम्झौता

कामना सेवा विकास बैंकले धुलिखेल काभ्रे स्थित दुषित थानी हिमालयन रिसोर्टसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमङ पुल, ज्याकुजी, स्टीम र साउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।

उक्त छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल र रिर्सोटका होटल म्यानेजर अनिरुध चौधरीले हस्ताक्षर गरेका छन् ।

250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका