जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • २.९८ प्रतिशत ब्याजमै निक्षेप राख्दै बैंकहरू

२.९८ प्रतिशत ब्याजमै निक्षेप राख्दै बैंकहरू

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता रहँदा राष्ट्र बैंकले धमाधम रकम खिच्न थालेको छ। जेठ ७ गते ५० अर्ब रकम २.९९ प्रतिशतका दरले नै निक्षेप संकलन गरेको राष्ट्र बैंकले आइतबार पनि फेरि ३० अर्ब तान्दै छ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ३० प्रतिशतको कर्जायोग्य लगानी छ। यसलाई व्यवस्थापन गर्न पनि राष्ट्र बैंकले निक्षेप संकलन नामक मौद्रिक उपकरण जारी गर्दै आएको छ।

तरलतामा व्यवस्थापन गर्न समस्या देखिएपछि बैंक तथा वित्तीय संस्थाहरुले न्यून ब्याजमै पनि मागभन्दा अधिक रकम बोलकबोलमा हाल्ने गरेका छन्। जेठ ७ गते बैंकले ५० अर्ब माग गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुले २.९८ प्रतिशत ब्याजमै ५२ अबं बराबरको रकम बलकबोलमा राखेका थिए।

आइतबार पनि राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन गर्दै छ। आजै राष्ट्र बैंकले २७ अर्ब ५० करोड रुपैयाँ बजारमा पठाउँदै छ। गत वैशाख २१ गते संकलन गरेको निक्षेप आइतबार फिर्ता गर्दै छ।

1335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका