जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिटिजन लाइफको पाल्पा शाखाले गर्यो लिडर्सहरुलाई सम्मान

सिटिजन लाइफको पाल्पा शाखाले गर्यो लिडर्सहरुलाई सम्मान

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाले एक कार्यक्रमको आयोजना गरी लिडर्सहरुलाई सम्मान गरेको छ । जीवन बीमा अभिकर्ता भइ उत्कृष्ट कार्य सम्पादन गर्दै बीमा ब्यवसाय प्रबर्द्धनमा योगदान गरेका पाल्पा शाखाका २५ जना लिडर्सहरुलाई सम्मान पत्रका साथ खादा ओडाएर सम्मान गरिएको शाखाले जनाएको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, लघुबित्त इन्स्योरेन्स बिभाग प्रमुख रिता पाठक, क्षेत्रीय शाखा प्रमुख दुर्गा राज ढकाल , तालिम बिभाग प्रमुख कुबेर पाठक, शाखा प्रमुख विजय कार्की लगायतले लिडर्सहरुलाई सम्मान गरेका हुन् ।

क्षेत्रिय शाखा प्रमुखको स्वागत र शाखा प्रुमुखको सञ्चालनमा सम्पन्न कार्यक्रममा विमा सम्बन्धी उत्प्रेरणामुलक प्रशिक्षण समेत दिइएको छ। कार्यक्रममा बोल्ने वक्ताहरुले सिटिजन लाइफ इन्स्योरेन्सले ल्याएका नविनतम सेवा र सुविधाले विमितहरुको आकर्षण बढेको बताउँदै बीमाको नैतिकता र मापदण्डमा रहेर अभिकर्ताहरु ग्रामिण भेग केन्द्रीत भएर काम गर्नुपर्नेमा जोड दिइएको थियो ।

3645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका