
नेपाल राष्ट्र बैंकले गैर–आवासीय नेपालीका नाममा खाता खोल्दा तथा सञ्चालन गर्न सहजिकरण गर्ने नीति ल्याएको छ ।
बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका ‘ख’ वर्गका विकास बैंकहरु र अन्य निकायहरुलाई परिपत्र जारी गर्दै यस्तो सहजीकरण गरेको हो ।
बैंकले नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्र, गैर–आवासीय नेपाली संघबाट जारी भएको अद्यावधिक परिचयपत्र र सम्बन्धित व्यक्तिको राहदानी (स्वेदशी वा विदेशी) हुनुपर्ने व्यवस्था गरेको छ ।
साबिकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रहीपछि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको भए विदेशी राहदानी÷नागरिकता सहित त्यस्तो प्रमाणित हुने कागजात तथा उल्लिखित कुनै एक कागजातसहित नाता प्रमाणित हुने कागजातको आधारमा नाबालकको नाममा समेत यस्तो खाता खोल्न तथा सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ ।
संस्थागत विदेशी निक्षेपकर्ता तथा गैर–आवासीय नेपालीहरूवाट न्यूनतम अमेरिकी डलर एक हजार वा सो बराबरको निक्षेप संकलन गर्न सकिने व्यवस्था गरेको छ ।
गैर–आवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्र, गैर–आवासीय नेपाली संघवामारी भएको अद्यावधिक परिचयपत्र र सम्बन्धित व्यक्तिको राहदानी (स्वेदशी वा विदेशी) हुनुपर्ने व्यवस्था गरेको छ ।
यस्तै निजको बाबु, आमा, बावे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको भए विदेशी राहदानी वा नागरिकतासहित त्यस्तो प्रमाणित हुने कागजात हुनुपर्ने छ । यस्तो खातामा न्यूनतम १ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम भएको हुनुपर्ने छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































