जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सले पारित गरे मर्जरको विशेष प्रस्ताव

प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सले पारित गरे मर्जरको विशेष प्रस्ताव

आज प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । यी कम्पनी मर्जर भएर ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी’ हुने विशेष प्रस्ताव पारित गरेका छन् । डिडिए प्रतिवेदन अनुसार दुई कम्पनी बराबरी हैसियतमा मर्जर हुने भएका हुन् ।

प्रिमियमरले साधारण सभामा चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले प्रिमियर इन्स्योरेन्स कम्पनीमा सिद्धार्थ इन्स्योरेन्स गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । दुई कम्पनीले गत असार २७ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

सभाले मर्जरकोका क्रममा गरेका सम्पुर्ण सहमतिलाई अनुमोदन गरेको छ । डिडिए मूल्याङ्कन कर्ता जिपि राजबहाक एण्ड को चार्टर्ड एकाउन्टेण्टद्धारा तयार भएको दुबै संस्थाको चल अचल सम्पत्ती तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तथा सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएका शेयर अनुपात एक बराबर एक स्वीकृत गरेको छ ।

प्रिमियर र सिद्धार्थ एक आपसमा गाभिए पछि गठन हुने सञ्चालक समितिमा प्रिमयरको तर्फबाट प्रतिनिधि तोक्ने अधिकारी सञ्चालक समिति र मर्जर पछि बन्ने संस्थाको सञ्चालक समितिमा सिद्धार्थबाट चयन भइ आउने सञ्चालकलाई पदस्थापन एवम् अनुमोन गर्ने अधिकारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।

प्रिमियरको सावधिक सञ्चालक समितिको सदश्यहरुको कार्यकाल जतिसुकै अवधि बाँकी रहेको भए तापनि गाभ्ने गाभिने कार्य सम्पन्न भइ साविक कम्पनीबाट प्रतिनिधित्व रहने गरी नया सञ्चाल समिति गठन भए पश्चात बाँकी कार्यकाल सभा नभएसम्म मात्रै कायम रहने विशेष प्रस्ताव पारित गरेको छ ।

प्रिमियर इन्स्योरेन्स तथा सिद्धार्थ इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गरी नियमनकारी नियकाबाट स्वीकृतिको लागि निवेदन गर्ने मर्जर सँग सम्बन्धित प्रचलित कानुन तथाल निर्देशन बमोजिम अपनाउनु पर्ने वा गर्नु पर्ने सम्पुर्ण आवश्यक कार्य एवम् प्रक्रिया पुरा गरी अन्तिम स्वीकृति लिने र मर्जर सम्बन्धी सम्पुर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

प्रिमियरको केन्द्रिय कार्यालय नक्साल नारायणचौर र सिद्धार्थको केन्द्रिय कार्यालय बबरमहलमा यथास्थितिमा रहने गरी एक आपसमा गाभिए पछि आपसी सहमतिमा केन्द्रिय कार्यालयको व्यवस्थापन गर्ने भएका छन् ।

प्रिमियर र सिद्धार्थ एक आपसमा गाभिए पछि संस्थापक र सर्वसाधारण शेयर स्वामित्व प्रतिशत फेरबदल गर्नु पर्ने भएमा संस्थापक शेयर ५१ प्रतिशत र सर्वसाधारण शेयर ४९ प्रतिशत कायम गर्ने भएका छन् ।

1240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका