जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सले तोक्यो वार्षिक साधारणसभा मिति

एनएलजी इन्स्योरेन्सले तोक्यो वार्षिक साधारणसभा मिति

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत १७ मा १६ औं वार्षिक साधारणसभा गर्ने भएको छ। सभाले इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभाशको विशेष एजेण्डा पारित गर्ने भएको छ।

अन्य प्रस्तावतर्फ सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ। यस्तै लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्नेछ।

विशेष प्रस्तावतर्फ सभाले प्रस्तावित बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने हुँदा सो अनुसार प्रबन्धपत्र तथा नियमावली सशोधन गर्ने र सम्बन्धित नियामकको निर्देशन अनुसार फेरबदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ।

१६ औं वार्षिक साधारण सभाका प्रयोजनका चैत ६ गते एक दिनका लागि इन्स्योरेन्सको सेयरधनी दर्ता किताब बन्द हुनेछ। जस अनुसार चैत ५ गतेसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र  साधारण सभामा भाग लिन योग्य हुनेछन्।  

सभा बिहान बजेपछि बालुवाटारको आम्रपाली ब्याङ्केटमा हुने इन्स्योरेन्सले जनाएको छ।

6265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका