जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सनराइज बैंकको पोखराको बगरमा नयाँ शाखा बिस्तार

सनराइज बैंकको पोखराको बगरमा नयाँ शाखा बिस्तार

सनराइज बैंक लिमिटेडले आफ्नो १०३ औँ शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका –०१, बगरमा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखराका माननीय मन्त्री विकास लम्सालज्यूले गर्नुभयो ।

उक्त समरोहमा बैंकका संचालक समितिका सदस्यद्वय ई. बच्छराज तातेड र ई. शैलेन्द्र गुरागाईँ, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नायव महाप्रबन्धक अपछ कुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती थियो । उक्त शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देश्य लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ११६ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

5515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका