जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • नेपाल इन्स्योरेन्सका कामु सिइओ महर्जन र संचालक न्यौपानेको लुटमा अध्यक्ष शर्माको साथः बीमा समिति बेखबर !

नेपाल इन्स्योरेन्सका कामु सिइओ महर्जन र संचालक न्यौपानेको लुटमा अध्यक्ष शर्माको साथः बीमा समिति बेखबर !

नेपालको सबैभन्दा पुरानो कम्पनी नेपाल इन्स्योरेन्सको डेपुटी सीईओ बिके महर्जन र सञ्चालक रामहरि न्यौपानेको मिलेमतोमा लुटको धन्दा कम्पनीमा शुरु भएको भेटिएको छ । डेपुटी सीइओमा महर्जन आएपछि लुटको धन्दा सरु भएपनि नियमनकारी निकाय बीमा समिति बेखबर झै बनेको छ । नेपालको सबैभन्दा पुरानो निर्जीवन बीमा कम्पनी भ्रष्ट सञ्चालक न्यौपाने र कामु सीईओ मर्हजनको हातमा पुगेपछि कम्पनी टाट पल्टिने अवस्थामा पुगेको छ भन्दा अब फरक पर्दैन ।

गत आर्थिक वर्षको तुलनामा खासै प्रगति गर्न नसक्नुमा कम्पनीलाई थप आर्थिक भार थोपर्न कामु सीईओ बिके महर्जन र सञ्चालक न्यौपानेकै कारण रहेको खुल्नमा आएको छ । कुनै पनि बीमा कम्पनीको अध्यक्ष तथा सञ्चालकले कम्पनीको गाडी चढ्न पाउँदैन । तर नेपाल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएका राष्ट्र बैङ्कबाट रिटायर रामहरि न्यौपानेले यसअघि कम्पनीमा सीईओले चढ्दै आएको १ करोड भन्दा बढिको फोर्डको इकोस्पोर्ट बा १८ प २४५२ नम्बरको गाडी चढ्दै भेटिएको छ यो लुट नभए के हो बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालज्यू ?

राष्ट्र बैंकबाट अवकाश भएका भष्ट कर्मचारी रामहरि न्यौपानेले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा कहीँ नभएको नियम सञ्चालकले पाउने बैठक भत्ता बाहेक नै मासिक १५ हजार एलाउन्स लिँदै आएको भेटिएको छ । कामु सीइओ मर्हजन आउने बित्तिकै सञ्चालक समितिलाई संचालक समितिका संचालक न्यौपानेलाई पूर्व सीइओको गाडी दिएर आफूलाई मर्हजनले सवा करोड भन्दा बढी मूल्यको हुण्डाई कम्पनीको टक्सन गाडी खरिद गरेको भेटिएको छ । नेपाल इन्स्योरेन्समा भएको लुटको खेतीमा संचालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको समेत संलग्नता रहेको भेटिएको छ ।

कामु सीइओ महर्जनकै पहलमा आफ्नो कार्यालय बनाउन छाडेर कमलादी स्थित हामा विल्डिङ्गमा फेरी १ तल्ला थप भाडामा लिएर कम्पनीलाई मासिक ५ लाख आर्थिक भार थपिएको भेटिएको छ । सञ्चालक न्यौपाने र कामु सीईओ महर्जनले आपसी सहमतीमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेका कर्मचारीलाई सरुवा गरेर अनावश्यक दुःख दिनेदेखि नयाँ आफ्ना मान्छे भर्ती गरी भर्ती केन्द्र बनाएको खुलेको छ । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

6980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?