जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • प्रदेश १ मा सिद्धार्थ बैंकको क्षेत्रीय कार्यालयको समुद्घाटन

प्रदेश १ मा सिद्धार्थ बैंकको क्षेत्रीय कार्यालयको समुद्घाटन

सिद्धार्थ बैंक लिमिटेडले प्रदेश १ विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको समुद्घाटन गरेको छ । उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले गरेका हुन् । उक्त भवनको उद्घाटन समारोहमा उद्योगी, व्यापारी तथा विभिन्न संघसस्थाका प्रमुख अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो।

विभिन्न वर्गका ग्राहकहरु, व्यापारी तथा उद्योगीहरुमाझ उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यालयको निर्माण गरिएको हो । अत्याधुनिक प्रविधिमैत्री बैंकिङ्ग मार्फत आम ग्राहकहरु समक्ष सेवा प्रदान गर्ने उद्देश्यका साथसाथै देशको अर्थतन्त्रलाई सम्बृद्ध एवं सुदृढ बनाउन नव स्थापित बैंकको भवन मार्फत प्रदान गरिने सेवाको अहम भूमिका रहनमा बैंक विश्वस्त रहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले देशभर १९० वटा शाखा ४ एक्स्टेन्सन् काउन्टर सहित, २०८ वटा एटिएम्, ११४ शाखारहित बैंकिङ्ग सेवार १,५०० भन्दा बढी पिओएस् मेसिनमार्फत उच्चस्तरीय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

6010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका