जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ग्लोबल मनी विकमा सिटिजन्स बैंकको सचेतना कार्यक्रम, वित्तीय अपराध र जोखिम बारे शिक्षा

ग्लोबल मनी विकमा सिटिजन्स बैंकको सचेतना कार्यक्रम, वित्तीय अपराध र जोखिम बारे शिक्षा

सिटिजन्स बैंकले सातै प्रदेशमा ग्लोबल मनी विकको अवसरमा आयआर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिँदै मनाएको छ। 

बैंकले प्रदेश नं १ को लक्ष्मी हाईयर सेकेण्डरी स्कूल हल्दिबारी, मधेस प्रदेशको बनुला स्कूल सप्तरी, वाग्मती प्रदेशको रनभुवनेश्वरी हाइयर सेकेण्डरी स्कूल देवीघाट नुवाकोटमा कार्यक्रम संचालन गरेको जनाएको छ। 

यस्तै, बैंकले गण्डकी प्रदेशको पौलस्त्य उच्च मावि म्याग्दी, लुम्बिनी प्रदेशको रुपन्देहीमा, कर्णाली प्रदेशको सिमकोटमा र सुदूरपश्चिम प्रदेशको ग्ली सेकेण्डरी स्कूलमा विभिन्न वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरेको जनाएको छ। 

बैंकले वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराएको जनाएको छ। सहभागीलाई नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत बैंकले आग्रह गरेको छ। 

6035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका