जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • कर्पोरेट बिच क्रिकेटको उपाधि माछापुच्छ्रेलाई

कर्पोरेट बिच क्रिकेटको उपाधि माछापुच्छ्रेलाई

माछापुच्छ्रे बैेंकले एन इभेन्टले आयोजना गरेको कर्पोरेट बिच क्रिकेट २०७८ को उपाधि जितेको छ ।

त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न उक्त प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता रहेको थियो । कर्पोरेट बिच क्रिकेटको फाईनल खेलमा बैंकले सनराइज बैंकलाई ९४ रनले हराएको हो । फाईनल खेलमा १२० रनको लक्ष्य दिएको बैंकले सनराईज बैंकलाई जम्मा २६ रनमा अलआउट गर्दे प्रतियोगिताको उपाधि जितेको हो । बैंकले नियमित कामको अतिरिक्त कर्मचारीहरुको इच्छा अनुसार अन्य कृयाकलापहरुमा संलग्न गराई उनीहरुको वृत्तिविकासमा ध्यान दिदै आएको छ ।

बैंकको बिस्तारित व्यवसाय, स्तरीय सक्षम व्यबस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ«े बैंक बैंकिङ्ग क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ ।

बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गदै आईरहेको छ । र १५ सय भन्दा बढि कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।

8610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका