जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एमबिएल एम स्मार्ट

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एमबिएल एम स्मार्ट

माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोवाइल बैंकिङ्ग एप, एमबिएल एम स्मार्टको सुरुवात गरेको छ ।

यस अघि माछापुच्छ्रे मोवाइल मनि एम थ्रिको रुपमा संचालनमा रहेका मोवाईल बैंकिङ्ग एपलाई बैंकले ओम्नी च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरि एमबिएल एम स्मार्ट एपको रुपमा शुभारम्भ गरेको हो ।

विभिन्न नयाँ सुविधा सहित शुभारम्भ गरिएको एमबिएल एम स्मार्ट एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले (सेल्फ रजिष्ट्रेसन)गर्न सकिने मोवाईल बाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्यु आर भुक्तानी गर्न मिल्ने, विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधा रहेको बैंकले जनाएको छ ।

बैंकले एमबिएल एम स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको हो ।

6470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका