जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सेञ्चुरी मसलामा नुन मिसाएपछि कसको पो के लाग्छ र सरकार ?

सेञ्चुरी मसलामा नुन मिसाएपछि कसको पो के लाग्छ र सरकार ?

मानिन्छ नुन खाएपछि नुनको सोझो गर्ने पर्दछ । यस्तै एउटा घटना फेला परेको छ । एउटा नुनको कथा ! हामीले खाने र चिन्ने नुन हो । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले बेच्दै आएको आयोडिनयुक्त नुन भन्दा फरक पर्दैन होला । तर, आज होइन विगत ३÷४ वर्ष देखि एउटा यस्तो नुन बजारमा आएको रहेछ कसैलाई थाहा नै थिएन रे । त्यो नुनको नाम हो सेञ्चुरी मसलामा मिसाउने नुन, टेबल साल्ट नुन ।

यस नुनको व्यापार सुन्दा पनि अचम्म लाग्ने ब्यापारीलेनै गर्दछन् भन्दा पत्याउन गाह्रो होला । तर, यो पनि सत्य हो ति व्यावसायी हुन् । विराटनगरका चर्चित व्यापारी एवं नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगड । राज्यमन्त्री दुगडले सिंहदरबार भित्र बसेर सेञ्चुरी मसलामा मिसाएर नुन विक्री गरेको फेला परेको छ । नुन बेच्नु अधिकार होला । तर, उपभोक्ताहरुलाई ठग्नु चाहि के हो ? पद र शक्तिकै भरमा राज्यमन्त्री दुगडले सेञ्चुरी मसलासंगै टेबुल साल्ट नुनमा ब्रह्मलुट नै मच्चाएको भेटिएको छ ।

सुन्दा पनि अचम्म लाग्ने मुलुकका राज्यमन्त्रीले उद्योग दर्ता नगरी, गुणस्तर जाँच नगरी सम्बन्धीत सबै निकायसंग समेत स्वीकृत नलिई सेञ्चुरी मसलाको व्यानरमा टेबल साल्ट नुनको व्यापार गरेको छन् । भन्दा पत्याउन सकिदैन होला । तर, पनि यो सत्य हो । एउटा कुरा सत्य के छ भने नुन उत्पादन नेपालमै गर्ने र विक्री गर्ने अधिकार आजसम्म कसैलाई राज्यले दिएको छैन । हेक्का होस् ।

भारतबाट ल्याएर विगत लामो समयदेखि साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडलाई बेच्ने अधिकार सरकारले दिएको म पंक्तिकारलाई थाहा छ । खासगरी ठूला होटल र रेष्टुरेण्टमा छ्यापछ्याप्ती पाउने यो टेबल साल्टको मुल्य १२८ रुपैया रहेको छ, भने साल्ट ट्रेडिङ्ग कर्पोरेशनबाट विक्री भएको आयोडिन नुन केजीको २० रुपैयामै बजारमा पाइन्छ ।

टेबल साल्ट नुन कहाँ उत्पादन हुन्छ । कसैलाई थाहा नै छैन । सेञ्चुरी मसलाको लोकप्रियतालाई देखाउदै साल्ट टे«डिङ्ग कर्पोरेशनले विक्री गरेको आयोडिन युक्त नुन प्याकेटमा राखी नयाँ नाम टेबल साल्ट दिएको दुगड स्पाईसिज एण्ड फूड प्रोडक्सन प्रा.लि.का कर्मचारीले पंक्तिकारसंग बताए ।

मोतीलाल दुगड पछिल्लो एक वर्षयता उद्योग वाणिज्य तथा आफूर्ति राज्यमन्त्री छन् । खाद्य गुणस्तर तथा गुण नियन्त्रण विभाग कृषि मन्त्रालय अन्तर्गत परेपनि बाँकी दुई वटा निकायलाई भने वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियमन गर्छ अनि किन चाहियो गुणस्तर चिन्ह सरकार ?

नयाँ उत्पादन बजारमा ल्याउनुभन्दा पहिले दर्ता गर्नुपर्ने, गुणस्तर जाँच गर्नुपर्ने, निश्चित मुल्य तोक्नुपर्ने, उत्पादन कुन कुन खाद्य पदार्थ मिलेर बनाइएको त्यो स्पष्ट खुलाउनपर्ने लगायत मापदण्ड नेपालमा पनि छ तर, यो टेबल साल्टमा यस्तो केही छैन ?

टेबुल साल्टका विषयमा राज्यमन्त्री दुगडले कुनै पनि मापदण्डको पालना गरेका छैनन् । त्यसमाथि आयोडिन नुन प्लाष्टिकको ट्याब्लेट (सानो डिब्बा)मा हालेर चर्को मुल्यमा बेच्नु ठुलो लुट हो । राज्यमन्त्रीको यो कुर्सीमा बसेर दुगडले यसरी लुट मच्चाउनु पाइन्छ ? कहाँ छ सरकार ? कहाँ छ अख्तियार ? कहाँ छ उद्योग विभाग ? आफ्नै हात जग्गननाथ जस्तै गरी प्रक्रिया नै नपु¥याई सेञ्चुरी मसलासंगै टेबुल साल्ट नुनको महंगो धन्दा गर्ने राज्यमन्त्री दुगडलाई कसले कारवाही गर्ने हो । कसले छानवीन गर्ने हो ? त्यो चाहि खोजीको विषय बनेको छ । सचेत भया ।

13565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका