जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डे सरकारबाट विभुषित

शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डे सरकारबाट विभुषित

शिखर इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल पुनर्र्बीमा कम्पनीका सञ्चालक दीप प्रकाश पाण्डे नेपाल सरकारबाट विभुषित हुनुभएको छ ।

बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई प्रबल जन सेवाश्री पदकबाट विभुषित गर्नुभएको हो ।

नेपाल सरकारको निर्णय अनुसार सातौं संविधान दिवसको अवसरमा बीमा क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा बीमा क्षेत्रमा कार्यरत रही अनवरत रुपमा सेवा र योगदान पुर्याएबापत कदर र सम्मान स्वरुप पाण्डेलाई प्रबल जन सेवाश्री पदकबाट विभुषित गरिएको हो ।

राष्ट्रपति कार्यालयले बैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ । देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ । प्रबल जन सेवाश्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो ।

पाण्डे सिईओ रहेको शिखर इन्स्योरेन्स कम्पनी देशको पहिलो नम्वरको कम्पनीको रुपमा बीमा सेवा प्रवाह गरिरहेको छ । कम्पनीले तराईका थुप्रै जिल्लाका केरा खेतीमा आबद्ध किसान तथा विकट कर्णाली अञ्चल तथा मुस्ताङमा मौषममा आधारित स्याऊको बीमा गरेर स्याऊ किसानहरु मौषमी गडबढीबाट क्षतिको जोखिम वहन गरेर गरिबी निवारणमा समेत भूमिका खेल्दै आएको छ । शिखर इन्स्योरेन्स कम्पनीले सरकारले अनुदान समेत दिएर प्राथमिकतामा राखेको कृषि तथा पशुपंक्षी बीमामा निकै ठूलो योगदान गरेको छ ।

5275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका