जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • देउवा र प्रचण्डलाई ओलीको प्रश्न : एमसीसी के गर्ने हो ?

देउवा र प्रचण्डलाई ओलीको प्रश्न : एमसीसी के गर्ने हो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओलीको धारणा माग गरेका छन् ।

शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले एमसीसीबारे देउवा र प्रचण्डको धारणा के हो भनी प्रश्न गरे ।

एमसीसी झुक्याएर पास गर्न खोजिएको भन्दै ओलीले यसबारे गठबन्धनका नेताले केही नभनेको भन्दै आक्रोश पोखे ।

‘एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, शेरबहादुर देउवाले भन्नुपर्दैन एमसीसी के गर्ने ?, प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? उहाँहरु चुपचाप छन्’ उनले भने ।

‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाउनुप¥यो’ उनले भने ‘मेरो चुनौती छ यो समितिले कुनै ठाउँमा सीमा विवाद देखाओस् ।’

सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि ओलीले बताए ।

4665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?