जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल व्यवस्थापन संघको अध्यक्षमा उपेन्द्र पौडेल, महासचिवमा ओझा

नेपाल व्यवस्थापन संघको अध्यक्षमा उपेन्द्र पौडेल, महासचिवमा ओझा

नेपाल व्यवस्थापन संघको नव निर्वाचित कार्य समितिले आजबाट औपचारिक रुपमा कार्यभार सम्हालेको छ।

संघको नयाँ नेतृत्वमा निर्वाचित उपेन्द्रप्रसाद पौड्याल लगायत अन्य १६ जनालाई एक समारोहका बीच निवर्तमान सभापति किरणकुमार श्रेष्ठले औपचारिक रुपमा पदभार हस्तान्तरण गरेका छन्।

पदभार हस्तान्तरण कार्यक्रममा संघको २०औं प्रबन्ध समितिको निर्वाचन मण्डका प्रमुख गुणराज भट्टले नव निर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए। भट्टले नव निर्वाचित पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र समेत हस्तान्तरण गरेका थिए।

नेपाल व्यवस्थापन संघमा प्रत्येक दुइ बर्षमा नयाँ कार्य समिति चयन हुने प्रावधान रहेको छ। यही बमोजिम हालका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको कार्यकाल समाप्त भएर नबिल बैंक लिमिटेका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले संघको नेतृत्वमा आएका हुन्।

नव निर्वाचित अन्य पदाधिकारीहरुमा प्रथम उपसभापतिमा सुरेन्द्रकुमार गोयल, द्वितीय उपसभापतिमा आश्मी राणा, महासचिवमा मोहनराज ओझा र कोषाध्यक्षमा हेमाकुमारी अधिकारी निर्वाचित भएकी छिन्।

यसैगरी संघको कार्यकारी सदस्यहरुमा अनु जोशी श्रेष्ठ, आशा राणा अधिकारी, ईन्द्रकुमार श्रेष्ठ, जितेन्द्र धिताल, कविराज अधिकारी, कृष्णवहादुर अधिकारी, कृष्ण प्रसाद शर्मा, मनिष झा, मनोजकुमार ज्ञवाली, मिलन गुरुङ, प्रद्युमन पोखरेल र सुमन शर्मा निर्वाचित भएका छन्।

संघको प्रबन्ध समितिमा निवर्तमान सभापति पदेन सदस्य र नेपाल सरकारको सचिव वा सहसचिव स्तरको एक जना प्रतिनिधि मनोनित सदस्य रहने परम्परा रहेको छ। संघमा एकजना कार्यकारी निर्देशक रहने र निजले सदस्य सचिवको भूमिका निर्वाह गर्ने परम्परा रहेको छ।

नेपाल व्यवस्थापन संघ ४१ बर्षको इतिहास वोकेको संस्था हो। यस संस्थामा मुलुकको नीतिग तहमा योगदान पुर्याएका कुशल व्यवस्थापक, प्रशासक र अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका लब्धप्रतिष्ठ व्यक्तित्हरु सदस्यका रुपमा आवद्ध छन् ।

3165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?