जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकको शाखा थिमी र काँडाघारीमा खुल्यो, शाखा सञ्जाल देशभर ११२ पुग्यो

एभरेष्ट बैंकको शाखा थिमी र काँडाघारीमा खुल्यो, शाखा सञ्जाल देशभर ११२ पुग्यो

एभरेष्ट बैंकले भक्तपुरको थिमी र काठमाडौंको काँडाघारीमा नयाँ शाखाहरु खोलेको छ।

थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका संचालक नबी भक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका छन्।

त्यसैगरी, काँडाघारी शाखाको उद्घाटन बैंकका संचालक श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले संयुक्त रुपमा गरेको बैंकले जनाएको छ।

बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेका छन्। बैंकले देशभरका ११२ शाखा संजाल, प्रादेशिक कार्यालय, १४५ एटीएमबाट वित्तीय सेवा दिँदै आएको छ। बैंकले सरकारको राजस्व संकलन गर्न ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको जनाएको छ।

5795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका