जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको पावरहाउसमा

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको पावरहाउसमा

बैंक अफ काठमाण्डू लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोक स्थित पावरहाउस शाखा आज एक समारोहकाबिच सञ्चालनमा गरिएको हो । 

उक्त शाखाको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन गरेका हुन् । उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक मोहना लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए । 

साथै, गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु पनि चाँडै संचालनमा ल्याउने योजना बैंकको रहेको जानकारी दिए । उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयज्यूले बैंक अफ काठमाण्डू लिमिटेडलाई पावरहाउस क्षेत्रमा स्वागत गर्नुको साथै स्थानिय उद्योग ब्यावसाय क्षेत्र तथा स्थानिय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास लेखनाथ उद्योग वाणिज्य संघले लिएको जानकारी दिए ।  

6585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका