जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • अनलाइन संचार माध्यममा सानिमा बैंकका बारेमा प्रकाशित भ्रामक समाचार मात्रै

अनलाइन संचार माध्यममा सानिमा बैंकका बारेमा प्रकाशित भ्रामक समाचार मात्रै

विगत केही समयदेखि केही अनलाइन संचार माध्यममा यस बैंकका अध्यक्षको फोटो समेत राखी बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएकोमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त समाचारमा सत्यता नभएको व्यहोरा बैंकका शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणमा सुसूचित गराउन चाहन्छौं । यस बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरुको पालना गर्दै आएको साथै संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकि¨ व्यवसाय गर्दै आएको छ ।

यस खालका तथ्यहीन एवं भ्रामक समाचार प्रचार प्रसार नगर्नु हुन सम्वद्ध पक्षलाई यसै विज्ञप्ती मार्फत सूचित गर्दछौं । यस्ता भ्रामक गतिविधिका विरुद्द कानूनी कारबाहीको प्रक्रिया समेत अघि बढाउन बैंक बाध्य हुनेछ । भनी सानिमा बैंकले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

3380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका