जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • साढे २ अर्ब चुक्ता पुँजी पुर्याउन हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने

साढे २ अर्ब चुक्ता पुँजी पुर्याउन हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने भएका छन् ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब पुर्याएपछि मर्जरमा जानको लागि सम्झौता गर्नेमा हिमालयन र एभरेष्ट पहिलो संस्था बनेका छन् ।

बिहीबार दुई संस्थाका अध्यक्षले मर्जरमा जाने विषयमा सम्झौता गरेका हुन् ।

अहिले हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रहेको छ । एभरेष्ट इन्स्यारेन्सको १ अर्ब २५ करोड छ ।

स्रोतका अनुसार हिमालयन र एभरेष्ट १:१ को अनुपातमा मर्जरमा जाने सम्झौता गरेका हुन् । स्वापको अनुपातको टुंगो भने सम्पत्ति तथा दायित्वको मुल्यांकन(डिडिए)पछि टुंगो लाग्ने छ ।

मर्जरपछि २ अर्ब ४२ करोड चुक्ता पुँजी हुन्छ । चालु आर्थिक वर्षको नाफाबाट दिने लाभांशले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी २ अर्ब पुग्ने तयारी दुई संस्थाले गरेका छन् ।

4330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका