जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ज्योति लाईफको ब्राण्ड एम्बेसडरमा महानायक हमालको निरन्तरता

ज्योति लाईफको ब्राण्ड एम्बेसडरमा महानायक हमालको निरन्तरता

ज्योति लाईफको ब्राण्ड एम्बेसडरको रुपमा महानायक राजेश हमालको निरन्तरता कायम रहने भएको छ । कम्पनीको स्थापना काल देखिनै ज्योति लाईफको ब्राण्ड एम्बेसडरमा रहेका महानायक र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता नविकरण गरिएको हो ।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री साथै महानायक राजेश हमालको हस्ताक्षर गरेका छन् । यस सम्झौता पछि ब्राण्ड एम्बेसडर महानायक हमालले ज्योति लाईफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिने भएका छन् ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी तथा सरलताले भरिएका अभिनेता महानायकसँगको सहकार्यले ज्योति लाईफको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने जनाउनु भएको छ । यही बैशाख २२ गते सम्झौता पत्रमा हस्ताक्षर भई निरन्तर भएको तथ्य समेत खुलाएक छन् । त्यस्तै महानायक राजेश हमालले पनि ज्योति लाईफको ब्राण्ड एम्बेसडरमा निरन्तरता दिन पाउँदा खुसी लागेको र कम्पनीको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।  

3920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका