जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • बिओकेका सिइओको तलब २ करोड ३२ लाख

बिओकेका सिइओको तलब २ करोड ३२ लाख

बैंक अफ काठमाण्डू (बिओके) को बार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट नगद सहित बोनस शेयर पारित गरेको छ। बैंकले चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांस र ६ प्रतिशत बोनस शेयर सहित १७ प्रतिशत लाभांस प्रस्ताव गरेको थियो।

शेयरधनीलाई १७ प्रतिशत लाभांस उपलब्ध गराउन सफल प्रमुख कार्यकारी अधिकृत हुन्- शोभनदेव पन्त।

पन्त आँफैले भने बर्ष दिनमा दुई करोड ३२ लाख ८५ हजार ४९५ रुपैयाँ तलव सुविधा पाएका छन्। यसमध्ये उनले ३६ प्रतिशत आय कर तिर्नु पर्छ।

गत बर्षको नाफाबाट कर्मचारीहरुले ३० करोड ९९ लाख रुपैयाँ बोनस पाएका छन्।

गत बर्ष बैंकले सञ्चालक समिति बैठकको भत्ता वापत ३८ लाख ५२ हजार रुपैयाँ बाँडेको छ भने टेलिफोन, मोबाइल, पत्रपत्रिका सुविधाका लागि १२ लाख २ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

12805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

धेरै टिप्पणी गरिएका