जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • यूनियन लाइफले संकलन गर्यो ६ अर्ब बीमाशुल्क, नाफा ६६% ले घट्यो

यूनियन लाइफले संकलन गर्यो ६ अर्ब बीमाशुल्क, नाफा ६६% ले घट्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा यूनियन लाइफ इन्स्योरेन्सले करिब ६ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीको नाफा गत आवको तुलनामा १८.६६ प्रतिशतले बढेको छ । कम्पनीले ५ अर्ब ९९ करोड ८२ लाख ९४ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । जबकी गत आवको यसै अवधिमा इन्स्योरेन्सले ५ अर्ब ५ करोड ५१ लाख १५ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सको खुद नाफामा भारी गिरावट आएको छ ।

तेस्रो त्रैमासको अवधिमा इन्स्योरेन्सको खुद नाफा ६६.९४ प्रतिशतले घटेर २ करोड ७२ लाख ७४ हजार रूपैयाँमा सीमित भएको छ ।

नोक्सानी व्यवस्थाका लागि ११ करोड १८ लाख ११ हजार रूपैयाँ छुट्याएका कारण इन्स्योरेन्सको खुद नाफा घटेको हो ।

गत आवको यसै अवधिमा इन्स्योरेन्सले ८ करोड २५ लाख ९ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ५५ करोड ५७ लाख ४७ हजार रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ६ करोड ९२ लाख ८७ हजार रूपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा इन्स्योरेन्सले २९ हजार ९५० वटा बीमालेख जारी गरी कुल ६ अर्ब २२ करोड ५८ लाख ६५ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

५८२ वटा बीमा दाबीवापत इन्स्योरेन्सले २ अर्ब ३८ करोड ७३ लाख ३७ लाख रूपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।
४९ वटा बीमा दाबी वापत इन्स्योरेन्सले १ करोड २८ लाख ४९ हजार रूपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्सले हालसम्म २१ लाख ४८ हजार ८९३ वटा बीमालेख जारी गरी २१ अर्ब ६७ करोड ६८ लाख ५८ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

२ अर्ब १५ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १.६९ रूपैयाँ छ ।

इन्स्योरेन्सको बीमा कोषको आकार ४९.८९ प्रतिशतले बढेर १० अर्ब ३४ करोड २९ लाख ५४ हजार रूपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा इन्स्योरेन्सको बीमा कोषमा ६ अर्ब ९० करोड रूपैयाँ सञ्चित थियो ।

3670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?