जोडिनुहोस
आइतवार, बैशाख २३, २०८१
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • अर्थतन्त्रका सबै क्षेत्र राष्ट्र बैंकले हेर्दैन : गभर्नर

अर्थतन्त्रका सबै क्षेत्र राष्ट्र बैंकले हेर्दैन : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थतन्त्रको सबै क्षेत्रहरू नेपाल राष्ट्र बैंकले नहेर्ने बताएका छन् । चार्टर्ड एकाउन्टेसहरुको संस्था आईक्यानले बुधबार आयोजना गरेको गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र भनेको नै राष्ट्र भनेर बुझ्नु गलत भएको बताए ।

अर्थतन्त्रका प्रमुख चार क्षेत्रहरुमध्ये अन्तिमको एउटा क्षेत्रमात्रै राष्ट्र बैंकले हेर्ने उनले बताएका हुन् । ‘अर्थतन्त्र भनेको राष्ट्र बैंक, राष्ट्र बैंकको अर्थतन्त्र भन्ने हिसाबले बुझ्ने गरेको पाइन्छ, त्यो होइन’ उनले भने, ‘रियल सेक्टर छ, एक्सटरनल सेक्टर छ साथै फिस्कल र मनिटरी सेक्टर छ, अन्तिमको पार्ट मात्रै हाम्रो हो ।’

गभर्नर अधिकारीले चारवटा क्षेत्रहरुको छुट्टै भूमिका भएको र चार क्षेत्रबीच समन्वय भने हुने गरेको उनले बताए ।

चालु आर्थिक वर्षमा कर्जा वृद्धिदर लक्ष्यभित्रै रहने समेत उनले बताएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत १९ प्रतिशत कर्जा वृद्धिदर हुने लक्ष्य राखेको थियो । चालु आर्थिक वर्षको मध्य भागमा ३२ प्रतिशतसम्म पुगे पनि वर्षको अन्त्यमा त्यस्तो नहुने उनले बताए ।

‘कर्जाको फ्लो ३२ प्रतिशतसम्म पुग्यो, तर अब वर्षको अन्त्यमा १९ प्रतिशत भन्दा तल नै हुन्छ’ गनर्भर अधिकारीले भने, ‘वैशाख सकिन लाग्यो जेठ र असार गरेर अब २ खर्ब अब हुनुपर्छ, जुन सम्भव छैन ।’

उनले आयात भइरहेको वस्तुहरुमा ठूलो विदेशी मुद्रा बाहिरिएको बताए । तर कतिपय वस्तुहरु आयात भएर कहाँ भन्छन् भन्ने समेत थाहाँ नभएको उनले बताए ।

उनले त्यस्ता वस्तुहरु नेपाल आउने र शंकास्पद रुपमा हराउने गरेको उनले बताए । ‘डलर तिरेर सामान ल्याउछौं तर त्यो अरुका लागि ल्याउछौं, पहिले पहिले जनसंख्या भन्दा दोब्बरले छाता आउछ भनिन्थ्यो अहिले त्यस्तै छ’ उनले भने, ‘फेरि त्यस्ता वस्तु कहाँ बिक्री हुन्छन् भन्ने पनि थाहाँ हुँदैन ।’

3580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका