जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • संस्थापक शेयरधनीहरुलाई शेयरवापत ५० प्रतिशत रकम जम्मा गर्न महालक्ष्मी लाइफको आग्रह

संस्थापक शेयरधनीहरुलाई शेयरवापत ५० प्रतिशत रकम जम्मा गर्न महालक्ष्मी लाइफको आग्रह

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरुलाई शेयरवापत थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक शेयरधनीबाट लगानी भएको रकमको ५० प्रतिशत रकम ३० दिन भित्र जम्मा गर्न आग्रह गरेको हो ।
कम्पनीको विशेष साधारणसभाले पुँजी वृद्धि प्रस्ताव पारित गरेपछि सोहि अनुसार संस्थापक शेयरधनीहरुबाट थप रकम जम्मा गर्न भनेको हो । कम्पनीको विशेष साधारणसभाले  सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी पूँजी बृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको थियो ।
बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धि योजना पेश गरेको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो । 
पूँजी बृद्धि योजना बमोजिम मर्जर र एक्विजेशन पछि चुक्ता पूँजी ५०० करोड पुर्‍याउने उद्देश्यले विशेष साधारण सभा सम्पन्न भए पश्चात बसेको संचालक समितिको ५८ ‌औँ बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तिन सदस्यिय मर्जर कमिटी समेत गठन गरिसकेको छ।

3445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका