जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • चीनले दिएको ८ लाख डोज खोप लिएर आयो नेपाल वायु सेवा निगमको एयरबस

चीनले दिएको ८ लाख डोज खोप लिएर आयो नेपाल वायु सेवा निगमको एयरबस

कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप लिएर नेपाल वायु सेवा निगमको एयरबस ३३० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। चीनले नेपाललाई दिएको भेरोसेल खोप बेइजिङबाट ल्याइएको हो।

चीन सरकारले थप घोषणा गरेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोपमध्ये आज ८ लाख डोज खोप ल्याइएको हो।

एक साता अगाडि चिनियाँ राष्ट्रपति सि जिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन सम्वादका क्रममा १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेका थिए। सोही अनुरुप ८ लाख डोज नेपाल आउन लागेको हो।

बाँकी दुई लाख डोज तिब्बत सरकारले उपलब्ध गराउने बताइएको छ। उक्त खोप हिमालय एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने प्रतिबद्धता जनाएको छ। सामाजिक उत्तरदायित्व वहन गर्दै बाँकी खोप ल्याउने एयरलाइन्सले बताएको हो।

यसपाली सरकारले काठमाडौं बाहिरका जनतालाई प्राथमिकता राखेर खोप अभियान चलाउने मोडालिटी तयार पारेको छ।

10735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका