जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकका कार्ड होल्डरलाई अन्नपूर्ण केबलकारमा १०% छुट

राष्ट्रिय वाणिज्य बैंकका कार्ड होल्डरलाई अन्नपूर्ण केबलकारमा १०% छुट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र अन्नपूर्ण केबलकार प्रालिबीच बैंकका डेबिट तथा क्रेडिट कार्ड होल्डरहरुलाई केवलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन्।

सम्झौता भएपश्चात कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबलकारमा यात्रा गर्दा बैंकका कर्मचारी तथा डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकलाई केबलकारले भाडा रकममा १० प्रतिशत छुट दिने छ।

कार्यक्रममा बैंकका विभागीय प्रमुख सन्दीपजंग कार्की, विभागीय उपप्रमुख अविता श्रेष्ठलगायत कर्मचारीको उपस्थिति थियो। हाल देशभर बैंकले २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङका माध्यमबाट सेवा प्रवाह गर्दै आइरहेको छ।

4375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका