जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले ऐनले नै दिएको अधिकार प्रयोग गर्दै पटक/पटक अटेर गर्ने बैंक र वित्तिय संस्थाका सीइओ र सञ्चालकहरुलाई अब निलम्बन सम्मको कारवाही गर्ने ?

राष्ट्र बैंकले ऐनले नै दिएको अधिकार प्रयोग गर्दै पटक/पटक अटेर गर्ने बैंक र वित्तिय संस्थाका सीइओ र सञ्चालकहरुलाई अब निलम्बन सम्मको कारवाही गर्ने ?

जनताको रगत र पसिनाबाट जम्मा भएको पैसा माथी बसेर आँखा लगाउने बैंक र वित्तिय संस्थाका सीइओ र सञ्चालकहरुलाई अब नेपाल राष्ट्र बैंकले आफ्नै ऐन माथी टेकेर निलम्बनसम्मको कारवाही गर्ने भएको छ भन्दा फरक पर्दैन । नेपालका ८ अर्ब भन्दा बढि चुक्ता पुँजी भएका ९ वटा वाणिज्य बैंकका सीइओ सावहरुले राष्ट्र बैंकको नियमकीय प्रावधान नमानेको भन्दै सचेत र जरिवानाको कारवाही भएका समाचार आर्थिक बजार न्यूजडटकमले प्रकाशन गरेको थियो । नेपाल राष्ट्र बैंकले पटक÷पटक नियमनकारी निकायले दिएका निर्देशन पालना नगर्ने बैंक र वित्तिय संस्थाहरुलाई कस्तो कारवाही गर्ला भन्ने चासो बढेको बेला अब राष्ट्र बैंकले पटक÷पटक गल्ती दोहो¥याउने, दिएको निर्देशन पालना नगर्ने राष्ट्र बैंकलाई हेपाह प्रकृतीका कार्य गर्ने बैंकका सीइओ र सञ्चालकहरुलाई निलम्बनसम्मको कारवाही गर्नेबारे राष्ट्र बैंक बोर्डमै कुरा उठेको एक डिपुटी सीइओले पंक्तिकारसंग बताए । उनीले थपेः– ठुला वाणिज्य बैंकहरुलाई पटक÷पटक सचेत गराउँदा पनि गल्ती दोहो¥याउदै जाने परम्परा बढेकाले अब दोस्रो वा तेस्रो पटक गल्ती गर्ने बैंक र वित्तिय संस्थाका सीइओ र सञ्चालकलाई निलम्बन सम्मको कारवाही राष्ट्र बैंकको एनेमा नै भएकाले सो ऐनमा टेकेर गरिने कुरा अगाडी बढेको छ । उनीकै शब्द सापटी लिने हो भने अब जनताको पैसा र विश्वासलाई आँखा लगाउने बैंक र वित्तिय संस्थाहरुका सीइओ र सञ्चालकको पद नै जाने छ भन्दा फरक पर्दैन ।

नेपालका वाणिज्य बैंकहरुले घुमाईफिराई आफ्नै बैंकका ग्राहकलाई सेवा शुल्क देखि क्रेडिट कार्ड रिनो गर्दा फरक÷फरक शुल्क लिएको भेटिएको छ । बैंक पिच्छे नै आफ्नै शुल्क निर्धारण गरेर ग्राहक लुट्ने क्रम रोकिएको छैन ।

राष्ट्र बैंकको निर्देशन विपरित ९ वटा वाणिज्य बैंकले कर्जा ग्राहकबाट अवैधरुपमा पैसा दिएको पुष्टी नै भएको छ हेक्का होस् । नेपालका वाणिज्य बैंकहरुले घुमाईफिराई आफ्नै बैंकका ग्राहकलाई सेवा शुल्क देखि क्रेडिट कार्ड रिनो गर्दा फरक÷फरक शुल्क लिएको भेटिएको छ । बैंक पिच्छे नै आफ्नै शुल्क निर्धारण गरेर ग्राहक लुट्ने क्रम रोकिएको छैन । हेक्का होस् । यति सम्मकी कर्जा दिँदा ग्राहकलाई नक्कली कागज पत्र बनाउन सिकाउने तिनै कागज पत्रकै आधारमा कर्जा दिने अनि ३ महिना पछि ब्याज डब्बल डिजिटमा पु¥याउने ब्याज नतिरे धितो ९० दिन पछि लिलामीमा लैजाने र आफ्नै मान्छेलाई विक्री गरि भागवण्डा गर्ने वाणिज्य बैंकहरुको कथा लामो छ । यो समय आएपछि हामीले पाठक सामु पस्किने नै छौं ।

राष्ट्र बैंक अन्तर्गतको बाणिज्य बैंक सुपरीवेक्षण विभागले ऐनको प्रावधान अनुसार पहिलो पटक आक्रामकरुपमा कारवाही अगाडि बढाएको थियो। राष्ट्र बैंकले सचेत मात्र गराएन केही बैंकलाई पुस मसान्तसम्म स्थायी तरलता सुविधा (एसएलएफ) दिनबाट बञ्चितसमेत गरिएको भेटिएको छ ।

यति हुँदा पनि राष्ट्र बंैकले सचेत र २÷४ हजारको जरिवाना कारवाही गरेर अझै बदमासी गर्न छुट दिदै आएको गुनासो बढेसंगै राष्ट्र बैंकले निलम्बनसम्मको कारवाही गर्नेबारे छलफल चलाएको भेटिएको छ । हेक्का होस् ।
भनिन्छ गत साता मात्रै नेपाल राष्ट्र बैंकले ९ वटा बाणिज्य बैंकका सीइओ सावहरुले नियामकीय प्रावधान नमानेको भन्दै प्रथम पटकलाई सचेत गराएको थियो । राष्ट्र बैंक अन्तर्गतको बाणिज्य बैंक सुपरीवेक्षण विभागले ऐनको प्रावधान अनुसार पहिलो पटक आक्रामकरुपमा कारवाही अगाडि बढाएको थियो। राष्ट्र बैंकले सचेत मात्र गराएन केही बैंकलाई पुस मसान्तसम्म स्थायी तरलता सुविधा (एसएलएफ) दिनबाट बञ्चितसमेत गरिएको भेटिएको छ । हेक्का होस् ।
नेपाल राष्ट्र बैंक ऐनले नै कारवाही गर्ने अधिकार दिएको छ । अहिलेसम्म त्यो हतियार नेपाल राष्ट्र बैंकले प्रयोग गरेको देखिदैन । यो अधिकार प्रयोग नहुँदा बैंक र वित्तिय संस्थामा अराजकता बढेको देखिन्छ । त्यसो हुँदा वित्तीय क्षेत्रलाई अनुशासित बनाउन पनि ऐनको अधिकार प्रयोग गर्नु पर्ने अवस्था आएको हो भन्दा फरक पर्दैन । ऐनको प्रवाधानले पहिलो पटक सचेत गराउनु पर्ने हुन्छ । त्यसपछि भने निलम्बनदेखि ठूलो आर्थिक जरीवानासम्म गर्ने व्यवस्था गरेको देखिन्छ । हेक्का होस् ।

नेपाल राष्ट्र बैंक ऐनको दफा १०० को १ ले संस्थालाई कारवाहीको कुरा गरेको छ भने २ ले ब्यक्तिलाई कारवाहीको कुरा गरेको छ । संस्थालाई कारवाही गर्दा खासै ठोस सुधार वा नतिजा देखिएन । त्यसो हुँदा ब्यक्तिलाई नै कारवाही गर्नु पर्ने अवस्था सृजना हुँदै गएको एक डिपुटी गर्भनरले पंक्तिकारसंग बताए । उनीले थपेः– राष्ट्र बैंकको बुझाइ भनेको बैंकरले एउटै गल्ती दोहोर्याउँदैनन् भन्ने हो । तर, फेरि गल्ती गरे निलम्बन वा ठूलो आर्थिक जरिवाना अब हुन्छ । राष्ट्र बैंकको ऐनको प्रावधानले एक आर्थिक वर्षमा भएका गल्तीलाई गणना गर्छ । अर्को वर्ष फेरि गल्ती शुन्यबाट सुरु हुन्छ । अघिल्लो वर्ष गरेको गल्ती अर्को बर्ष जोडिँदैन । यसो भए ऐनमै रहेर निलम्बन सम्मको कारवाही हुन्छ नि । राष्ट्र बैंकले एकीकृत निर्देशिका वा अन्य निर्देशनमार्फत गरेको व्यवस्था अवहेलना गर्ने बैंकरलाई निलम्बनदेखि आर्थिक जरीवानासम्म गर्ने तयारी अन्तिम चरणमा रहेको स्रोतको दाबी छ । केही आफूलाई खानदानी बैंक भन्नेहरुलाई जीवनभरी सीइओबन्न राष्ट्र बैंकले छुट दिएको छ । भने केही ठूला भनौदा बैंकहरुलाई सधैं विभिन्न सेवा शुल्कको नाममा लुट गर्न छुट दिएका सयौ समाचार आर्थिक बजार न्यूजडटकमले पाठक सामु पस्किदै आएको छ भन्दा फरक पर्दैन । सचेत भया ।

4410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका