जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • विश्व वातावरण दिवसको उपलक्ष्यमा माछापुच्छ्रे बैंकद्धारा वृक्षारोपण

विश्व वातावरण दिवसको उपलक्ष्यमा माछापुच्छ्रे बैंकद्धारा वृक्षारोपण

माछापुच्छ्रे बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा वृक्षारोपण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आइतबार चन्द्रागिरि नगरपालिका वडा नं.०३ स्थित सेती देवी,दुमाल डाँडा,जेसिज वनमा वृक्षारोपण गरेको हो ।

बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन जेसिज थानकोट र लुम्बिनी वल्र्ड पिस फोरम सँगको सहकार्यमा दश लाख वृक्षारोपण अभियान अन्तर्गत विश्व वातावरण दिवसको अवसरमा उक्त वृक्षारोपण कार्यक्रममा सहभागी भएको हो ।

बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

माछापुच्छ«े बैंकले हाल देशका७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवाप्रदानगर्दै आइरहेको ।

2750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका