जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • मर्जरमा जाने बीमा कम्पनीको संचालकले थप एक कार्यकाल पाउने

मर्जरमा जाने बीमा कम्पनीको संचालकले थप एक कार्यकाल पाउने

मर्जर प्रक्रियामा रहेका बीमकको संचालक समिति सदस्यले थप एक कार्यकाल संचालक समितिमा रहन पाउने भएका छन् । बीमा समितिले बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ मा तेश्रो संशोधन जारी गर्दै दुई कार्यकाल पुरा भएका संचालक समिति सदस्य वा अध्यक्ष समेतले थप एक कार्यकाल संचालक समिति सदस्य वा अध्यक्ष रहन पाउने व्यवस्था गरेको हो । समितिले जेठ १० गते निर्देशिका संशोधन गरेको हो ।

मर्जर प्रक्रियाको लागी सैद्धान्तिक सहमति लिई सकेका बीमकको संचालक समितिले बीमा समितिको पूर्व स्वीकृति लिई थप एक कार्यकालका लागी संचालक वा अध्यक्षमा नियुक्त हुन सक्नेछन् ।

यसअघि सञ्चालक पदमा नियुक्त वा मनोनित भई दुई वासोभन्र्दा बढी कार्यकाल सञ्चालक वा अध्यक्ष भई सकेको व्यक्तिको हकमा निज पुनः सञ्चालकवा अध्यक्षमा नियुक्त हुन वा मनोनित हुन नसक्ने प्रावधान रहेको थियो ।

संशोधित प्रावधान अनुसार, बीमक गाभ्ने, गाभिने तथा प्राप्तीगर्ने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम बीमक गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रयोजनका लागि प्रक्रिया शुरु गरेका वा समितिबाट सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकको हकमा गाभ्ने, गाभीने वा प्राप्ती गर्ने सम्बन्धी प्रकृया सम्पन्न नभएसम्म समितिको पूर्व स्वीकृतिलिई तत्काल कार्यरत संचालक वा अध्यक्ष थप एक कार्यकालका लागि संचालक वा अध्यक्षमा नियुक्त वा मनोनयन हुन सक्नेछन् ।

2780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?